Aamsanchar

गाडी दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

Author Image
सोमवार, चैत २८, २०७३

दोलखा ।

दोलखाको बिगु गाउँपालिकाको लामाबगरबाट सदरमुकाम चरिकोट आउँदै गरेको सशस्त्र प्रहरीको बा ९ च ९३६० नम्बरको जिप कालिञ्चोक गाउँपालिका–६ झमार्सीमा दुर्घटना हँुदा सशस्त्र प्रहरीका हवल्दारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गाडी चालक समेत रहेका प्रहरी हवल्दार मोहनबहादुर घिमिरे रहेको सशस्त्र प्रहरीले जनाएको छ । गाडीमा सवार सशस्त्रका प्रहरी नायब उपरीक्षक शम्भुजङ्ग थापा र प्रहरी जवान शिवकुशवार माझीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताउनु भयो ।
दुर्घटनास्थल सदरमुकाम चरिकोटबाट २५ किलोमिटर टाढा पर्दछ ।

Views: 157

प्रतिक्रिया (०)