Aamsanchar

प्रहरी महानिरीक्षक नियुक्तीको निर्णय बदर गर्न माग गर्दै सिलवाल फेरि सर्वोच्चमा

Author Image
मङ्गलवार, चैत २९, २०७३

काठमाडौं,

प्रहरी महानिरीक्षक नियुक्तीको निर्णय बदर गर्न माग गर्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल फेरि सर्वोच्च अदालतमा पुग्नु भएको छ ।

सरकारले सोमबार राति प्रकाश अर्याललाई महानिरीक्षक नियुक्ती गरेको थियो । अर्यालले सोमबार राति नै कार्यभार सम्हाल्नुभएको छ । सिलवालले सर्वोच्च आदलतले यसअघि गरेको फैसला कार्यान्वयनको माग राखेर रिट दायर गर्नुभएको हो ।

यसअघि सिलवालले नै दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय बदर गरेको थियो । सर्वोच्चले फैसलामा कार्य सम्पादनमा आफूलाई पहिलो नम्बरमा राखेकाले आफू नै महानिरीक्षक हुनु पर्ने माग सिलवालले गर्नुभएको छ ।

Views: 189

प्रतिक्रिया (०)