Aamsanchar

संविधान संशोधन प्रस्ताव फिर्ता

Author Image
मङ्गलवार, चैत २९, २०७३

काठमाडौँ।

सरकारले व्यवस्थापिका–संसद्मा विचाराधीन ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा संशोधन फिर्ता लिन अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतबाट स्वीकृत भएको सभामुख ओनसरी घर्तीले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री नायकले सरकारले समस्या समाधानका लागि सो प्रस्ताव फिर्ता लिएको अवगत गराउँदै यसका लागि सबैको सहमति आवश्यक छ भन्नुभयो । अब सबैलाई सहमतिमा आउन आग्रह गर्दै उहाँले प्रतिपक्ष दल र आन्दोलनरत दललाई सहमतिका साथ निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर