काठमाडौँ।
सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मुलुकमा आसन्न स्थानीय तहको चुनाव कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनप्रति देखिएको जनलहरले अब निर्धारित समयमै चुनाव हुने वातावरण बनाएकोे बताउनुभयो ।
मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन उनीहरुको सुझावअनुसार संविधान संशोधनको नयाँ प्रस्ताव ल्याइएको बताउँदै उहाँले यसमा उनीहरु सन्तुष्ट भई चुनावमा सहभागी हुनुपर्ने सुझाव दिनुभयो ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार चक्रपाणि खनालले निर्वाचनमा पराजित हुने भयले मधेसी मोर्चाले चुनावमा सहभागी नहुने निर्णय गरेको बताउँदै उनीहरु चुनावमा नआए पनि तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी मोर्चासँग छलफल नगरीकन दोस्रोपटक संशोधनको विधेयक ल्याइएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।