बिर्तामोड।
कनकाई नगरपालिका–६ चम्पापुरस्थित गायत्री मन्दिरको स्तरोन्नति गर्ने उद्देश्यका साथ श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ ।
गायत्री मन्दिर धार्मिक विकास समिति परिसरमा लगाइएको महायज्ञ पुराण मूल आयोजक समितिका संयोजक इन्द्रप्रसाद नेपालले पुराणबाट संकलित रकमले मन्दिरको स्तरोन्नति गर्ने दिननाथ मिश्रको कथावाचन र दीपक मिश्रको पाठक पारायणमा ज्ञान महायज्ञ भइरहेको छ ।
महायज्ञ सम्पन्न गर्न विभिन्न समिति बनाइएको छ । मूल आयोजक समितिको सहसंयोजकमा धर्मा मैनाली, सचिवमा प्रेमप्रसाद भण्डारी रहेका छन् ।
यसैगरी महायज्ञको उपसमितिमा स्वयम्सेवक महिला संयोजक शान्ता अधिकारी झा, युवा स्वयम्सेवक कृष्ण खतिवडा, किनमेल व्यवस्थापनमा तारा फुयाल, लक्ष्मी ओली, इन्द्रप्रसाद नेपाल, प्रेमप्रसाद भण्डारी, प्रसाद व्यवस्थापनमा कूलप्रसाद पराजुली, सुजता निरौला, मेनुका खतिवडा, राजेश झा रहेका छन् ।
पुराण उद्घाटनका दिन समाजसेवी चिरञ्जीवि उप्रेतीले १ लाख १ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । गायत्री किर्तन मण्डलीले ५ हजार १ सय रुपैयाँ सहयोग गरेका छन् ।