Aamsanchar

तेह्रथुममा नेकपा मालेको उम्मेदवारी घोषणा

Author Image
बिहिवार, चैत ३१, २०७३

तेह्रथुम।

नेपाल कम्प्युनिस्ट पार्टी मालेले तेह्रथुमका छवटै स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ ।

बुधबार पार्टीका जिल्ला सचिव यमनाथ दाहालले एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्लाका छवटै स्थानीय तहको निर्वाचनमा प्रमुख पदका उम्मेदवारको घोषणा गरेका हुन् ।

मालेले म्याङलुङ नगरपालिकाको मेयरमा डिल्ली बुढाथोकी र लालीगुराँस नगरपालिकाको मेयरमा छत्रबहादुर लिम्बूलाई उठाएको छ ।

यस्तै, मेन्छ्यायेम गाउँपालिका प्रमुखमा थानेश्वर घिमिरे, छथर गाउँपालिका प्रमुखमा माधव दाहाल, फेदाप गाउँपालिका प्रमुखमा भक्त रेग्मी र आठराइ गाउँपालिका प्रमुखमा कमल सिटौलाले उम्मेदवारी दिने विज्ञप्तिमा जनाइएको छ ।

मालेले छवटै स्थानीय तहका उपप्रमुख र वडाध्यक्षको समेत छिट्टै उम्मेदवारी घोषणा गर्ने भनेको छ । जिल्लामा अन्य ठूला दलले भने उम्मेदवारी घोषणा गरेका छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर