विदुर:
युवतीलाई भारतमा पुर्याएर बिक्री गरेको अभियोग प्रमाणित भएका नुवाकोटका एक युवक १८ वर्षपछि पक्राउ परेका छन्।
अदालतले समेत दोषी ठहर गरेका नुवाकोट समुन्द्रादेवीका ४४ वर्षीय विजयकुमार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामाखुसीबाट पक्राउ गरेको हो।
व्यापारको बहानामा गत २०५५ साल कात्तिकमा तामाङलगायत व्यक्तिले एक महिलालाई भारतको दिल्लीबाट कपडा ल्याई काठमाडौंको बालाजुमा बिक्री गर्ने भन्ने बहाना बनाई मुम्बई पुर्याएका थिए।
युवतीलाई मुम्बईको वेश्यालयमा पुर्याई २० हजार रुपैयाँमा बिक्री गरेका थिए। पीडित युवती उक्त स्थानबाट भागी नेपाल आएर प्रहरीमा उजुरी दिएकी थिइन्। तामाङ त्यसबेलादेखि नै फरार थिए। अदालतले उनलाई १० वर्ष जेल सजाए फैसला सुनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 101