आज हनुमान जयन्तीको दिन झापाको सुरुंगा बजारमा निकालिएको निशान शोभा यात्रामा मुस्लिम धर्मावलम्बीहरूको सद्भावपूर्ण सहभागिता ।

कनकाई नगर मुस्लिम समाजका युवाहरूले धार्मिक सहिष्णुता प्रकट गरेर शोभा यात्रामा सहभागी जनाएका हुन । उनीहरूले हिन्दु धर्मावलम्बीहरूलाई निशुल्क पानी समेत वितरण गरेका थिए ।

कनकाईका हिन्दु, मुस्लिम समुदायका नागरिकहरू एक आपसमा मिलेर, आत्मियता साटासाट गरेर सामाजिक एकताको सन्देश दिएका छन् ।

राजनीति स्वार्थ पुरा गर्न धर्मको नाममा जनताको भावना माथि खेलवाड गरेर द्वन्द्व सृजना गर्ने चेष्टा कसैबाट नहोस् भनेर सुरुंगाका हिन्दु, मुस्लिम धर्मावलम्बीहरूले सदभाव जनाएर सचेत पनि गराएका छन् ।


फोटो:सामाजिक सञ्जाल

Views: 111

