Aamsanchar

‘’प्रवासी मञ्च युएईको संगठन विस्तार तथा वनभोज र शुभकामना’’

Author Image
आइतवार, वैशाख ३, २०७४

भरत शिवाकोटी

   [युएई]

नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च,युएई अन्तर्गत दुबई राज्य कमिटी ले नयाँ वर्ष २०७४ सालको अवसर पारेर गत १४ अप्रिल २०१७ अर्थात बैशाख १ गते दुबईको रमणीय स्थल जाबेल पार्कमा शुभकामना आदान–प्रदान तथा बनभोज कार्यक्रम सम्म्पन्न गरेको छ ।

रोजगारको सिलसिलामा युएईमा रहेका एमाले कार्यकर्ताहरु तथा एमालेका शुभचिन्तक एवं शुभेच्छुकहरुको उल्लेख्य उपस्थितिमा आपसी घनिष्टता बढाउन तथा नयाँ बर्षको शुभकामना आदान–प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक दुबई राज्य कमिटीका सचिव मणिराम खतिवडाले जानकारी दिएका छन |

प्रवासी नेपाली मञ्च,युएई का राष्ट्रिय कमिटी अध्यक्ष श्याम कडेंल को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मञ्चका उपाध्याक्ष महेश गिरी,महासचिव भेसराज ढकाल,सचिव कृष्ण पौडेल,प्रविण पोख्रेल,निवर्तमान अध्यक्ष प्रकाश कोइराला, राष्ट्रिय कमिटीका सदस्यहरु, राष्ट्रिय सल्लाहाकार कमिटीका सदस्यहरु,विभिन्न क्षेत्रबाट आएका नेता तथा कार्यकर्ताहरु एवं युएइको विभिन्न स्थानहरुबाट आएका एमाले प्रेमी तथा नेपालीहरुको उपस्थिति रहेको थियो |

सो अवसरमा प्रमुख अतिथी प्रवासी नेपाली मञ्च, युएईका अध्यक्ष श्याम कडेंलले नयाँ बर्ष सँगै सबैमा नयाँ जोस र सकारात्मक सोचको विकास हुन जरुरि रहेको औंल्याउदै नेपालमा हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का देशभरिका उम्मेदवारहरुलाई विजयी गराउन मिल्न सक्नेले भोट हाल्न घर फर्कन र घर फर्कन बिदा नमिल्नेहरुले आ-आफ्नो ठाँउबाट आफ्ना परिवार,आफन्त,साथिभाईहरुलाई विभिन्न माध्यमबाट सुर्यमा भोट हाल्न अभिप्रेरित गर्न आग्रह गर्दै सबैलाई नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए | कार्यक्रममा उपस्थित अन्य अतिथीहरुले समेत शुभकामना मन्तव्य राखेका थिए |

सहभागिहरुले विभिन्न गीत, कविता, क्यारिकेचर, प्रहसन आदि प्रस्तुत गर्दा कार्यक्रमलाई मनोरन्जनपूर्ण बनाएको थियो | दुबई राज्य कमिटीका अध्यक्ष प्रकाश शर्माको सभापतित्वमा तथा सचिव मणिराम खतिवडाको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुवाश अधिकारीले राखेका थिए |

यसैगरि प्रवासमा निक्कै सक्रिय रहेको एमाले संगठन प्रवासी नेपाली मञ्च,युएई अन्तर्गतको आजमान राज्य कमिटीको प्रथम अधिवेशन समेत सोहि दिनमा सम्पन्न भएको छ | मञ्चका राष्ट्रिय कमिटी अध्यक्ष श्याम कडेंल को प्रमुख उपस्थितिमा सम्पन्न उक्त अधिवेशनमा मञ्चका उपाध्याक्ष महेश गिरी,महासचिव भेसराज ढकाल,निवर्तमान अध्यक्ष प्रकाश कोइराला, राष्ट्रिय कमिटीका सदस्यहरु तिर्थराज भट्टराई,बाबुराम सापकोटा,भरत शिवाकोटी, राष्ट्रिय सल्लाहाकार कमिटीका सदस्य कृष्ण ढकाल लगायत आजमान क्षेत्रका एमाले कार्यकर्ता एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो |

अधिवेशनबाट कमल पाठकको अध्यक्षतामा पछी २ सदस्य थप्नेगरी ११ सदस्य आजमान राज्य कमिटी सर्वसम्मत चयन भएको छ | जसको उपाध्यक्ष प्रदिप कुमार संग्रौला,सचिव दिनेश बोहोरा,सह-सचिव टिकाराम भण्डारी छन भने सदस्यहरुमा नारायण पाठक,पंचलाल श्रेष्ठ,बुद्दी प्र. दंगाल,श्रीराम कार्की र हरिश्चन्द्र बज्राचार्य रहेका छन | अधिवेशन आयोजक कमिटीका संयोजक कमल पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी श्याम कडेल लगायतले मन्तव्य तथा नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए | प्रदिप कुमार संग्रौला ले स्वागत मन्तव्य राखेका उक्त कार्यकर्मको संचालन हरिश्चन्द्र बज्राचार्य ले गरेका थिए |

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)