झापा।

झापाको अर्जुनधारा – ८ मा फलामको फर्माले लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधारा – ८ निवासी ५० वर्षीय नरेश मण्डल रहेका छन् ।उनलाई बब्लु गुप्ताको घर ढलान गर्ने क्रममा फलामको फर्माले टाउकोमा लागेको प्रहरीले जनाएको छ ।

फर्माले लागेर घाइते बनेका उनलाई उपचारका लागि मनमोहन अस्पताल बिर्तामोड ल्याउने क्रममा बाटैमा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
Views: 125

