Aamsanchar

चालकलाई ट्राफिक नियमको कक्षा

Author Image
सोमवार, वैशाख ४, २०७४

विर्तामोड ।

झापामा सवारी दुर्घटना न्यूनीकरणका विषयमा विभिन्न काम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार चालकलाई प्रशिक्षण दिएको छ ।

मेची यातायात संघ र कनकाई यातायात ब्यवसायी संघको आयोजनामा विर्तामोडमा भएको दुर्घटना न्यूनीकरण तथा यातायात सञ्चालन प्रशिक्षण कार्यक्रममा एक सय बढी चालक तथा सहचालकहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले प्रशिक्षण दिएका थिए ।

कनकाई यातायात ब्यवसायी संघका कुलप्रसाद ओडारीको सभापतित्वमा भएको कार्यक्रममा मेची यातायात संघका अध्यक्ष राजेन्द्र बस्नेत, राजेन्द्र रिजाल तथा टंक दवाडी लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहभागिहरुलाई झापाको सडकको अवस्था, चालककले अप्नाउनु पर्ने सर्तकता तथा सवारी सञ्चालन गर्दा ध्यान दिनु पर्ने कुराको विषयमा प्रशिक्षक गिरीले जानकारी दिएका थिए ।

प्रहरी निरीक्षक गिरीले ट्राफिक प्रहरीले ट्राफिक नियम पालना गराउन दिनरात खटिरहने भन्दै ट्राफिक नियमको उल्लघन गरेका कानुन बमोजिम कारबार्ही गर्ने बताएका छन् । उनले सवारी सञ्चालन गर्दा चालक जिम्मेवार हुने हो भने धेरै सवारी दुर्घटना नियन्त्रण हुने बताउदै चालकलाई जिम्मेवार बन्न प्रेरित गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर