Aamsanchar

निर्वाचनमा मधेसकेन्द्रित दललाई पनि सहभागी गराउनुपर्छ

Author Image
मङ्गलवार, वैशाख ५, २०७४

काठमाडौँ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आगामी स्थानीय तहको निर्वाचनमा वार्ता र सहमतिबाट मधेसकेन्द्रित दललाई समेत सहभागी गराउनुपर्ने बताउनुभएको छ ।

गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्थानीय तहको निर्वाचनका लागि मधेस केन्द्रित दलबीच सहमति र समझदारी नबनेका सन्दर्भमा वार्ता र संवादबाट निर्वाचनको वातावरण बनाउन आवश्यक रहेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– “स्थानीय तहको निर्वाचन गर्नका लागि निर्वाचन आयोगले तयारी पूरा गरे पनि सरकार सुरक्षा दिन तयार भए पनि यतिले मात्रै पुग्दैन, निर्वाचनमा सबै दलको सहभागिता पहिलो सर्त हो ।”

आज यसै सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री निधिले आफूले अङ्गे्रजी भाषामा गरेको ट्वीटको मूल आशय यही भएको र सोहीरुपमा बुझिदिनका लागि सम्बन्धित सबैमा आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजकाे माैसम
सोमवार, कार्तिक २६, २०८१
राशिफल: २०८१ कार्तिक २६ गते सोमवार
आइतवार, कार्तिक २५, २०८१