Aamsanchar

‘एकै चरणमा सम्पन्न गर्न गराउन आयोग पूर्ण प्रतिबद्ध’

Author Image
मङ्गलवार, वैशाख ५, २०७४

काठमाडौँ।

निर्वाचन आयोगले उपप्रधानमन्त्री विमलेन्द्र निधिले सोमबार निर्वाचनसम्बन्धी तयारी पर्याप्त नभएको भनी गर्नुभएको ट्वीटले निर्वाचन आयोगको कामकारबाहीप्रति जनमानसमा द्विविधा उत्पन्न भएको जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा शान्तिसुरक्षा कायम गर्ने गराउने दायित्व र जिम्मेवारी सरकारको भएको र सो सम्बन्धमा सरकारबाट आयोगलाई पटक पटक आश्वस्त पारेको व्यहोरासमेत स्मरण गराउनुभएको छ ।

स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न गराउन आयोग पूर्ण रुपमा प्रतिबद्ध रहेको र सोहीअनुसार तयारीसमेत गरिरहेको उल्लेख गर्दै विज्ञप्तिम स्थानीय तहको निर्वाचन पूर्वनिर्धारित समयमै सम्पन्न गराउनेमा विश्वस्त रहन सबैलाई अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर