Aamsanchar

कमल थापाले दिए सरकार र सदन छोड्ने चेतावनी

Author Image
मङ्गलवार, वैशाख ५, २०७४
कमल थापाले दिए सरकार र सदन छोड्ने चेतावनी
 स्थानीय तहकाे निर्वाचनमा सहभागी नहुने संकेत

दाङ, बैशाख ५ । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकार र सदन छोड्ने चेतावनी दिएका छन् ।

थापाले राप्रपा हिन्दू राष्ट्र र राजसंस्था सहितको लोकतान्त्रिक पार्टी भएकोले यस विषयमा निर्वाचन आयोगले गरेको निर्णय नसच्याइए सरकार र सदन दुवै छोड्ने चेतावनी दिएका हुन् ।
‘हामीले निर्वाचन आयोगले निर्णयमा पुर्नविचार गरोस भन्ने चाहन्छौ,’ उनले भने, ‘ यदी त्यो भएन भने पार्टीले उपयुक्त समयमा उपयुक्त निर्णय लिन्छ, पार्टीसंग सरकार छाड्नेदेखि स्थानीय तहको निर्वाचनमा भाग नलिनेसम्मका विकल्प अगाडि छन् ।’रिपोटर्स क्लवले मंगलवार तुलसिपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रधान मन्त्री थापाले हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पार्टीको आत्मा भएको भन्दै यस विषयमा निर्वाचन आयोगले गरेको निर्णय नसच्याइए निर्वाचन भाग नलिने संकेत गरे ।

आयोगको निर्णय नसच्चिएसम्म आफूहरु सरकारमा बस्नु र नवस्नुको कुनै अर्थ नरहेको बताउदै थापाले राप्रपालाई जवरजस्ति आन्दोलन लैजाने कसरत सुरु गरिएको आरोप लगाए ।

निशानदाजु भट्टराईबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर