Aamsanchar

घोडेटारमा पहिलो पटक बस सेवा

Author Image
बुधवार, वैशाख ६, २०७४

भोजपुर।

भोजपुर–घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ ।

मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले जानकारी दिनुभयो । बस पुगेपछि त्यहाँका स्थानीयवासीले अबिरजात्रा गरी स्वागत गरेका थिए । बस सञ्चालनमा आएपछि स्थानीय भने हर्षित भएका छन् ।

सोही सडकखण्डमा दैनिक एउटा बस सञ्चालन गरिनेसमेत अध्यक्ष मोक्तानले बताउनुभयो । केही महिना अगाडि सञ्चालनमा ल्याउने भनिएको बस बेमौसमी वर्षाका कारण प्रभावित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर