चारपाने । विर्तामोड नगरपालिका २ चारपानेमा संचालित गरीव संग विश्वेश्वर कार्यक्रम अन्तरगत संगठित समुह नं. ४ ले तिन दिन लेखा व्यवस्थापन तालिम समापन गरेको छ ।
गरीव संग विश्वेश्वर कार्यक्रम समुह ४ का संयोजक वीरवल राजवंशीको सभापतित्व रहेको कार्यक्रममा विर्तामोड नगरपालिका २ वडा कार्यालयका प्रमुख भाष्कर लुईटेलको प्रमुख आतिथ्य रहेको थियो ।
समुहमा अवद्ध सदस्य र प्रत्येक समुहका अध्यक्ष,सचिव, कोषाध्यक्ष, लेखा समिति सदस्यहरु र कृयाशिल सदस्यहरु सहित ५० जनाले तालिम लिएका थिए ।
संस्था समुहलाई चलाएनमान बनाउने मुख्यकाम लेखा व्यवस्थापनको रहने हुदा सबै समुहका पदाधिकारी लेखा व्यवस्थापन गर्न सहज बनाउने उदेश्यले समुहले आयोजना गरेको प्रशिक्षणको सहजीकरण जिल्ला विकास समिति झापाका प्रतिनिधी बालकृष्ण नेपालले गरेका थिए ।
कार्यक्रममा गरीव संग विश्वेश्वर कार्यक्रम विर्तामोड २ का अध्यक्ष दुर्गा दाहाल, शंकर रिजाल, प्रशिक्षार्थीको तर्फवाट बविता चौधरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन सामाजिक परिचालिका अनिता अर्याल ढकालले गरेकी थिईन । बैशाख ४ गते भएको तालिमको उद्घाटन विर्तामोड नगरपालिका प्रसासकिय प्रमुख, कार्यक्रमका प्रमुख अतिथि मेधराज बास्तोलाको रहेको थियो ।