Aamsanchar

आगलागीबाट आठ लाखको क्षति

Author Image
बिहिवार, वैशाख ७, २०७४

झापा।

झापाको दमक नगरपालिका–७ स्थित भेसराज घिमिरेको घरमा आज बिहान आगलागी हुँदा रु आठ लाखको क्षति भएको छ ।

बिहान करिब १ः२० बजे विद्युत् सर्ट भई आगलागी हुँदा घिमिरेको टिनको छाना भएको एकतले घर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट रू आठ लाखको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दमक नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा विहान करिब २ः२५ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Views: 80

प्रतिक्रिया (०)