Aamsanchar

ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृ*त्यु

Author Image
शुक्रवार, जेठ ३२, २०८१

प्रतिकात्मक तस्बिर

ताप्लेजुङ – जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् ।

पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो। यसैगरी ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँले जानकारी दिए।

गत बुधबार रातिदेखिको वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छवटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर