Aamsanchar

निर्वाचन अधिकृतबाट काम सुरु

Author Image
शनिवार, वैशाख ९, २०७४

भद्रपुर।

आसन्न स्थानीय तहको निर्वाचनका लागि झापा एक जना मुख्य निर्वाचन अधिकृतसहित १५ जना आआफ्ना कार्य क्षेत्रमा आइसक्नुभएको छ ।

भद्रपुर नगरपालिकाका लागि मुख्य निर्वाचन अधिकृत जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन पाण्डेले जिल्ला समन्वय समितिको कार्यालयको माथिल्लो तलामा आआफ्ना कार्य सञ्चालन गरिसक्नुभएको जिल्ला निर्वाचन कार्यालय भद्रपुरका प्रमुख गोपाल आचार्यले बताउनुभयो ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि झापामा मतदानस्थल दुई सय ८३ र मतदान केन्द्र छ सय ३७ कायम गरिएको र सोहीअनुसार शान्ति सुरक्षाको व्यवस्था मिलाइएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर