झापा ।
कर्तव्य ज्यान,मानव अपहरण र वन मुद्दाका तीन जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दमा ५ वर्ष कैद सजाय तोकिएका कमल गाउँपालिका–३ निवासी सुरेन राई, अपहरण मुद्धामा २ वर्ष कैद तथा २५ हजार जरिवाना तोकिएका कमल गाउँपालिका– ३ निवासी बसन्त साउदेन र वन मुद्दमा ३ महिना कैद र ५४ हजार जरिवाना तोकिएका अर्जुनधारा नगरपलिका– ४ निवासी २१ वर्षीय मन्जुली भन्ने मीनबहादुर मगर रहेका छन् ।
जिल्ला अदालत झापाले कैद तथा जरिवाना तोकेपछि फरार रहेका उनीहरुलाई झापाका विभिन्न स्थानबाट विहीवार राति र शुक्रवार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 167