Aamsanchar

भारतबाट खैरो हिरोइन भित्र्याउने दुई जना पक्राउ

Author Image
मङ्गलवार, असार ४, २०८१

उर्लाबारी- भारतबाट लागुऔषध खैरो हिरोइन भित्र्याउने दुई जनालाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङ्गेली-४ स्थित चोप्राहाका ३५ वर्षीय भुवनेश्वरप्रसाद साह र रङ्गेली–९ का २५ वर्षय सागर यादव छन् ।

इलाका प्रहरी रङ्गेलीका प्रअरी निरीक्षक सन्तोष खड्काका अनुसार उनीहरूलाई भारतबाट सीमावर्ती चोप्राहातर्फ आउँदै गर्दा पक्राउ गरिएको हो । उनीहरूको साथबाट औषध खैरो हिरोईन ३३ ग्राम ५० मिलिग्राम लिसाइलो पदार्थ पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङ्गेली र लागु औषध नियन्त्रण ब्यूरो विराटनगर समेतको संयुक्त प्रहरी टोली पक्राउ गरेको हो । प्रहरी निरीक्षक सन्तोष खड्काले दुई महिनाको अवधिमा रङ्गेली, सुनवर्सि र धनपालथानका विभिन्न स्थानबाट लागुऔषध कारोबार गर्ने ७ जनालाई पक्राउ गरिसकेको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर