Aamsanchar

स्थानिय तहको निर्वाचनमा सहभागीहुन आन्दोलनरत मधेशीदललाई उप प्रधानमन्त्रीथापाको आग्रह

Author Image
शनिवार, वैशाख ९, २०७४

बिर्तामोड, बैशाख ९। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उप प्रधानमन्त्री कमल थापाले केही लचकता देखाएर भएपनि स्थानिय तहको निर्वाचनमा सहभागीहुन आन्दोलनरत मधेशीदललाई आग्रह गर्नुभएको छ ।
स्थानिय तहको निर्वाचन भनेको स्थानिय सरकारको चुनाव भएकाले ऐतिहाशिक अवसरमा सबै राजनितिक दलको सहभागिता हुनु पर्नेमा अध्यक्ष थापाले जोडदिनु भयो । आन्दोलनरत सबै पक्षलाई चुनावमा सहभागि गराउन सरकारले हदै सम्मको लचकता देखाएर पहल गरिरहेको जानकारी दिदै उहा“ले सहमती हुन नसकेको विषय निर्वाचन पछीपनि गर्न सकिने उल्लेख गर्नुभयो ।
झापाको दमकमा राप्रपा झापाले आयोजना गरेको चुनावी सभालाई सम्वोदन गर्दै अध्यक्ष थापाले मधेशवादी दललाई अलग गरेर निर्वाचन गर्दा राजनिती दृष्टीकोणले उपयुक्त नहुने धारणा राख्नु भयो । आन्दोलनरत मधेशवादी दल संगको बार्ता सकारात्मक रहेको बताउदै उहा“ले सबै पक्षले ईमान्दारीपूर्वक प्रयास गर्ने हो भने मधेशीमोर्चा पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा सम्वोधन गर्दै महामन्त्री राजेन्द्र लिड्डदेनले राष्ट्रियता र संस्कृतिको जगेर्नाकोलागि राप्रपा एक मात्र विकल्प रहेको बताउदै नेपालीको पहिचान रक्षाको लागि भएपनि आफ्ना उमेद्वारलाई विजयी गराउन आग्रह गर्नु भयो ।
जिल्ला अध्यक्ष अमर विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा सहमहामन्त्री राम थापा , महिला नेतृ कोमल वली, केन्द्रिय सदस्य राजेस गिरी लगायतले सम्वोधन गर्नु भएके थियो । कार्यक्रमको संचालन जिल्ला सचिव केशव ओझाले गर्नु भएको थियो ।

 

उम्मेदवारी घोषणा

आसन्न स्थानिय तहको निर्वाचनकालागि राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाका मुख्य नगरपािलकाको मेयर तथा उपमेयरको उम्मेदवारी सार्वजनिक गरेको छ ।
झापाको दमकमा आयोजित बृहत चुनावी आमसभामा कार्यक्रमका प्रखुख अतिथि एवं राप्रपका अध्यक्ष कमल थापाले दमक नगपालिकाको मेयरमा पार्टीका सहायक महामन्त्री राम थापा र उप मेयरमा रिता श्रेष्ठको उमेद्वारी सार्वजनिक गर्नु भएको हो । त्यस्तै विर्तामोड नगरपालिकाको मेयरमा पार्टीका केन्द्रिय सदस्य भक्ती सिटौला, भद्रपुर नगरपालिकाको मेयरमा नवराज पनेरु राजु को उमेद्वारी घोषणा गरिएको छ ।
यस्तै हल्दीबारी गाउपलिकाको अध्यक्षमा रविन्द्र लिड्डदेन र गौरीगञ्ज गाउपालिकाको अध्यक्षमा बाबुराजा श्रेष्ठको उमेदवारी घोषणा गरिएको छ । सार्वजनिक गरिएका उमेद्वारहरुलाई अध्यक्ष थापा,महामन्त्री राजेन्द्र लिड्डदेन जिल्ला अध्यक्ष अमर विष्ट लगायतले खादा ओडाएर स्वागत तथा शुभकामना व्यक्त गर्नु भएको थियो । झापाका अन्य नगर र गाउ“ पालिकाको मेद्वारपनि केहीदिनमै सार्वजनिक गरिने महामन्त्री लिड्डदेनले जानकारी दिनु भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर