अर्जुनधारा ।

आसन्न स्थानीय तह निर्वाचनको लागि अन्य दलहरुलाई पछि पार्दै नेकपा माओवादी केन्द्र अर्जुनधारा नगर समितिले पहिलो पार्टीको रुपमा उम्मेदवार घोषणा सभा शनिबार सम्पन्न गरेको छ ।
स्थानीय सामुदायिक भवनमा आयोजित सभामा निर्वाचन परिचालन कमिटीका संयोजक रोशन कन्दङ्वाले मेयर र उपमेयरसहित सबै वडाका अध्यक्ष र सदस्यहरुको नामावली घोषणा गरेका थिए । संयोजक कन्दङ्वाका अनुसार मेयर पदको उम्मेदवारमा भूपेन्द्र न्यौपाने र उपमेयरको पदमा अस्मिता तामाङ कन्दङ्वाको नाम घोषणा गरिएको छ ।
त्यसैगरी वडा नम्बर १को अध्यक्षमा सुरेन्द्र आचार्य, महिला सदस्यमा दीपा विष्ट, दलित महिला सदस्यमा पन्नमाया विश्वकर्मा, खुल्ला सदस्यद्वयमा बलबहादुर फूँयाल र हस्तबहादुर लिम्बू, वडा नम्बर २को अध्यक्षमा राजेन्द्रप्रसाद मैनाली, महिला सदस्यमा कृष्णकुमारी ढुङ्गेल, दलित महिला सदस्यमा रेनुका सुनार, खुल्ला सदस्यद्वयमा खड्गबहादुर कुमाल र डोरबहादुर उपरकोटी, वडा नम्बर ३को अध्यक्षमा नारायणप्रसाद पौड्याल, महिला सदस्यमा लता भट्टराई, दलित महिला सदस्यमा कौशिला पाँचकोटी र खुल्ला सदस्यद्वयमा यामबहादुर मगर र लालबहादुर दाहालको नाम घोषणा गरिएको छ ।
त्यस्तै वडा नम्बर ४को अध्यक्षमा विदुर भट्टराई, महिला सदस्यमा मेनुका दाहाल, दलित महिला सदस्यमा नर्वदा दियाली, खुल्ला सदस्यद्वयमा छत्रबहादुर मगर र हरिबहादुर खड्का, वडा नम्बर ५को अध्यक्षमा देवराज बुढाथोकी र खुल्ला सदस्यद्वयमा चन्द्रप्रसाद राजवंशी र बुद्धिसागर कट्टेल, वडा नम्बर ६को अध्यक्षमा मेघराज आचार्य, महिला सदस्यमा जगमाया निरौला, दलित महिला सदस्यमा हेमकला विश्वकर्मा, खुल्ला सदस्यद्वयमा दिलप्रसाद याक्सो र पुष्प भेटवालको नाम घोषणा गरिएको छ ।
त्यस्तै वडा नम्बर ७को अध्यक्षमा रमा भट्टराई, दलित महिला सदस्यमा सविता विश्वकर्मा, सदस्यत्रयमा दिलबहादुर खड्का, मातृका चापागाँईं र शम्भु हेमरम सन्थाल, वडा नम्बर ८को अध्यक्षमा कृष्णप्रसाद गौतम, महिला सदस्यमा मोतिमाया खड्का, दलित महिला सदस्यमा शान्ता रसाइली, खुल्ला सदस्यद्वयमा गोपालप्रसाद घिमिरे र मोहन हेमरम सन्थाल, वडा नम्बर ९को अध्यक्षमा पुष्पबहादुर तामाङ, महिला सदस्यमा अम्बिका न्यौपाने, दलित महिला सदस्यमा पार्वता लोहार, खुल्ला सदस्यद्वयमा इन्द्र बराल र डिल्ली घोर्साईंको नाम घोषणा गरिएको छ ।
यता वडा नम्बर १०को अध्यक्षमा नरसिंह नेम्वाङ, महिला सदस्यद्वयमा कल्पना विश्वकर्मा र पार्वता विश्वकर्मा, खुल्ला सदस्यद्वयमा जीवन चिमरिया र भीमबहादुर बस्नेत र वडा नम्बर ११को अध्यक्षमा वुद्धिलाल चौधरी, महिला सदस्यमा मुनादेवी पुरी, दलित महिला सदस्यमा माया परियार, खुल्ला सदस्यद्वयमा केदार वर्देवा र गोपालप्रसाद पुरीको नाम घोषणा गरिएको छ ।
संयोजक कन्दङ्वाको अध्यक्षतामा आयोजित सभामा दीर्घकालीन योजनाहरु अन्तर्गत सुकुम्वासी र मजदुर, कृषि तथा सिञ्चाईं, सुशासन पारदर्शिता सामाजिक क्रियाकलाप, शिक्षा तथा स्वास्थ्य, महिला समुदाय, भौतिक पूर्वाधार विकास, युवा तथा स्वरोजगार कार्यक्रमका विषयमा समेटिएका विभिन्न बुँदाहरुसहितको प्रतिबद्धता–पत्र सार्वजनिक गरिएको थियो ।
सभाका प्रमुख अतिथि पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाँईं, केन्द्रीय सदस्यद्वय कृतिकुमार राजवंशी र राजु शेर्मा, वाईसीएल केन्द्रीय सदस्य नारद तामाङलगायतले बोलेका थिए । घोषणासभामा मेयर र उपमेयरका उम्मेदवारद्वय न्यौपाने र कन्दङ्वाले प्रतिबद्धता व्यक्त गरेका थिए ।
अर्का केन्द्रीय सदस्य खगेन्द्र नेपालले सभाको औचित्य तथा स्वागत मन्तव्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन तुलसीप्रसाद खतिवडाले गरेका थिए ।

