Aamsanchar

शिक्षकलाई ३० घण्टे शिक्षण तालिम

Author Image
आइतवार, वैशाख १०, २०७४

बिर्तामोड।

विद्यार्थीहरुलाई बाल मनोविज्ञानमा आधारित रहेर पठनपाठन गराउन सिकाउने उद्देश्यले सीटीएफ नेपालको आयोजनामा ३० घण्टे शिक्षण तालिम सम्पन्न भएको छ ।
बिर्तामोडस्थित मिडलपोइन्ट एलिमेन्ट्री स्कूलको व्यवस्थापनमा भएको तालिममा होलिवेजील एजुकेशन फाउण्डेशन, नवोदय शिक्षा सदन र मिडलपोइन्ट एलिमेन्ट्री स्कूलका २८ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
सीटीएफ नेपालकी सहजकर्ता प्रेक्षा सुब्बाले सहजीकरण गरेको तालिममा सहभागीहरुलाई बाल मनोविज्ञानमा रहेर विद्यार्थीहरुलाई शिक्षण गर्ने नयाँ विधि, कागज तथा माटोको पाठ्य सामग्री तयार गरी शिक्षण गर्ने विधि तथा बाल गीत, नृत्य र अभिनयद्वारा गरिने शिक्षण विधिबारे प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा तालिममा सहभागी शिक्षकहरुले तालिम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिए । मिडलपोइन्ट एलिमेन्ट्री स्कूलका प्रिन्सिपल प्रनिल धिमालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सीटीएफ नेपालका पूर्वाञ्चल संयोजक डिल्ली निरौलाले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

Views: 151

प्रतिक्रिया (०)