Aamsanchar

प्रमुख बन्न अमेरिकी ‘पिआर परित्याग’

Author Image
सोमवार, वैशाख ११, २०७४

सोलुखुम्बु।

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलु दूधकुन्ड नगरपालिकाको प्रमुख पदको उम्मेदवार बन्न नेकपा (एमाले)का नेता आङ दामी शेर्पाले अमेरिकी स्थायी बसोवास अनुमति पत्र “पिआर) परित्याग गर्नुभएको छ ।”

प्रमुखको आकाङ्क्षी रहनुभएका शेर्पाले एक महिना अघि नै पिआर त्याग्नुभएको हो । शेर्पाले भन्नुभयो “पिआर नत्यागे पनि उम्मेदवार बन्न त पाइन्थ्यो तर विपक्षीले त्यहीँ विषयलाई विरोधको मुद्दा बनाउछन् भनेर मैले पिआर त्यागेको हुँ ।”

छ वर्षअघि पिआर प्राप्त गर्नुभएका शेर्पा त्यसपछि अमेरिका आवातजावात गर्दै आउनुभएको छ । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्ष बनेका शेर्पाको सोलु दूधकुन्ड नगरपालिकाको उम्मेदवारी भने सर्वसम्मत हुनसकेन । आकाङ्क्षी बढी भएका कारण एमाले सोलुखुम्बुले मेयर पदका लागि शेर्पासहित सात जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । उम्मेदवारका लागि जिल्लाका थुप्रै शिक्षकले पनि राजिनामा दिन थालेका छन् ।

यस्तै नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य समेत रहनुभएका शिक्षक तारामान राई पनि जागिर छाड्नुको साथै पार्टी फेरेर सोताङ गाउँपालिका – २ को वडाध्यक्षमा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएको छ ।

यस्तै लिखुपिके गाउँपालिका– ४ का हिक्मत बस्नेत पनि शिक्षक जागिर छाडेर नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । सोलु दूधकुन्ड नगरपालिका–७ बाट अध्यक्ष पदको उम्मेदवार बन्न शिक्षक लालमान श्रेष्ठले पनि शिक्षकबाट राजिनामा दिनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर