Aamsanchar

च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

Author Image
सोमवार, वैशाख ११, २०७४

ईलाम,

ईलाम नगरपालिका १२ मा बारीमा उम्रिएको च्याउ खाँदा सोमबार बिहान एकै परिवारका ६ जना बिरामी भएका छन्।

आँफ्नै बारीमा उम्रिएको च्याउ खाएर सोही ठाउँ बस्ने ५५ बर्षिय सुकपाल लिम्बु, ५४ बर्षिय देउमान लिम्बु, ४० बर्षिय लक्ष्मण लिम्बु, २४ बर्षिय शेसे लिम्बु, २० बर्षिय साङदे लिम्बु र १७ बर्षिय पेरुहाङ लिम्बु बिरामी परेका हुन्।

बिरामी सबैलाई उपचारकालागी जिल्ला अस्पताल ईलाम पठाईएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ। उनीहरु सबैको अबस्था सामान्य रहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर