Aamsanchar

ताप्लेजुङमा ट्रयाक्टर चोरी गरेको आरोपमा एक जना प*क्राउ

Author Image
बिहिवार, असार २७, २०८१

ताप्लेजुङ-ताप्लेजुङमा ट्रयाक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई ट्रयाक्टर चोरी गरेको आरोपममा प्रहरीले पक्राउ गरेको हो ।

मेरिङ्देन गाउँपालिका –३ खाम्लुङ दोभानका जयप्रसाद भट्टराईको मे १ त ७१७१ नम्बरको ट्रयाक्टर गएको शनिबार चोरी भएको थियो । चोरी भएको सो ट्रयाक्टर खोजतलास गर्ने क्रममा एक दिनपछि आइतबार दिउँसो फुङ्लिङ नगरपालिका –१० भदौरेमा प्रहरीले फेला परेको थियो ।

भट्टराईको हराएको ट्रयाक्टर फेला परेपछि ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिन खोज्दा मगर भागेर फरार भएका थिए । प्रहरी टोली उक्त दिन ट्रयाक्टर मात्र नियन्त्रणमा लिन सफल बनेको थियो । त्यसबेला फरार भएका मगरलाई भने मङ्गलबार राति आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक लुङगेलीका अनुसार फरार रहेका मगर पक्राउ परेपछि मुलुकी अपराधसंहिता २०७४ को दफा १४९३० बमोजिम बुधबार जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद लिएर विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर