Aamsanchar

मुसा मार्ने विष खाँदा ४ वर्षकी बालिकाको ज्यान गयाे

Author Image
बिहिवार, असार २७, २०८१

गुल्मी – गुल्मीमा मुसा मार्ने विष खाँदा ४ वर्षकी बालिकाको ज्यान गएको छ । इस्मा गाउँपालिका वडा नम्बर १ ठाँटीकाचौर निवासी सपना सुनारकी ४ वर्षकी छोरी प्रिन्साको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सँगै विष खाएकी बसुन्धरा सुनारकी ५ वर्षकी छोरी दिब्सीका गम्भीर बिरामी परेकी छन् । आमाहरू सपना र बसुन्धराले कोदो रोप्न जाँदा बारीमा बालिकाहरूलाई पनि लगेका र उनीहरूले खेल्ने क्रममा फोहोरसँगै बारीमा फालिएको मुसा मार्ने औषधि भेटेर खाएको पाइएको प्रहरीले जनाएको छ ।

विष खाएको पाइएपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याएकोमा प्रिन्साको उपचारकै क्रममा ज्यान गएको हो । दिब्सीकालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रबास पाल्पा पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर