काठमाडौं – नवलपरासी प्रतापपुर गाउँपालिका -८ मा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
आइतबार बिहान अन्दाजी चार बजेतिर प्रतापपुर गापा-८ गंगापुर बस्ने ३२ वर्षीया रुना पाललाई आफ्नै घरमा सुतिरहेको अवस्थामा अचानक नाम नखुलेको सर्पले टोकेको थियो।
सर्पको टोकाइपछि बेहोस बनेकी पाललाई उपचारको लागि सर्पदंश त्रिबेणी क्याम्प लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल परासीमा थप उपचार हुँदै गर्दा करिब ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 40