Aamsanchar

एनसिएलको सिम, रिचार्ज बिक्री गर्दा झापाका गणेशले पाए बम्पर उपहार मोटरसाइकल 

Author Image
बिहिवार, साउन ३, २०८१

बिर्तामोड । झापाको झापा गाउँपालिका स्थित पन्थापाडामा किराना व्यवसाय गर्दै आएका नगेन्द्रप्रसाद गणेशले बम्पर उपहार मोटरसाइकल प्राप्त गरेका छन् ।
दुरसञ्चार प्रदायक कम्पनी एनसिएलले बिक्रेताहरूलाई प्रोत्साहन गर्न गत पुष देखि चैत्र महिना भित्र आयोजना गरेको उपहार योजना अन्तरगत झापाका गणेशले बम्पर उपहार १२५ सिसिको मोटरसाइकल प्राप्त गरेका हुन ।

आज ( विहीबार ) बिर्तामोडमा एक कार्यक्रमका बिच एनसिएलका बरिष्ठ विशेषज्ञ रमेश श्रेष्ठ, बिक्री कार्यकारी प्रविण गिरी, कोशी प्रदेश व्यापार प्रबन्धक अम्बर भट्टाचार्य र साविक मेची अञ्चल डिस्ट्रिब्युटर प्रिन्सा एण्ड आवर्त ट्रेडिङका निर्देशक सुरेन्द्र कटुवालले उपहार विजेता गणेशलाई मोटरसाइकल हस्तान्तरण गरे ।

एनसिएलका देशभरी ५० हजार माथि खुद्रा बिक्रेताहरू रहेका छन्, जस मध्ये बम्पर उपहारको लागि ४ हजार ७ सय बिक्रेताहरू गोलाप्रथामा सामेल बनेको, सामेल हुने मध्येबाट गोलाप्रथाबाट अरु ७ सय जनाले विभिन्न घरायसी सामानहरू उपहार स्वरुप प्राप्त गर्ने बरिष्ठ विशेषज्ञ श्रेष्ठले जानकारी दिए ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर