Aamsanchar

बाबुद्वारा छोरीको घाँटी थिचेर हत्या, अर्की छोरी बेहोस

Author Image
शनिवार, वैशाख १६, २०७४

इलाम ।

इलामको सदरमुकाममा चिया–नास्ता पसल गर्दैैैै आएका भारतीय नागरिक राजु चौधरीले शुक्रबार राति आफ्नै छोरीको घाँटी थिचेर हत्या गरेका छन् ।

इलाम चोक बजारमा ठेलामा पसल गर्दै आएका चौधरीले पत्नी बिमलासँग झगडा भएपछि ८ वर्षीया छोरी विरूपाको हत्या गरेका हुन् ।

झगडापश्चात् शुक्रबार साँझ बजारकै फ्रेन्डस् होटलमा दुई छोरीलाई लिएर बास बस्न गएका चौधरीले ठूली छोरीको हत्या गरेर ३ वर्षीया सानी छोरीलाई बेहोस बनाएपछि चौधरीले आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुशीलकुमार यादवले बताए ।

चौधरीलाई जिल्ला अस्पतालमा उपचारपछि प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख यादवले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१