Aamsanchar

एसएसबीको गोलीबाट मृत्यु भएका यादवको परिवारलाई क्षतिपूर्ति दिइने

Author Image
शनिवार, वैशाख १६, २०७४

पर्सा ।

भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्ष पछि क्षतिपूर्ति पाउने भएका छन् ।
बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको विसं २०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसवीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।
जमुनिया बजारबाट उपभोग्य सामान खरिद गरी फर्किने क्रममा एसएसबीसँग विवाद हुँदा यादवको गोली हानी हत्या गरिएको थियो । निर्दाेष व्यक्तिको हत्या भएको भन्दै दुवै देशका मानवअधिकारवादी सङ्घ सङ्गठन र विभिन्न सङ्घसंस्थाले चर्काे विरोध गरेपछि आठ वर्ष पछि मृतक नेपालीको परिवारले क्षतिपूर्ति पाउने भएका हुन् ।
एसएबीका प्रहरी अधिकृतले बारा र पर्साका प्रहरी प्रशासनलाई यही वैशाख ७ गते पत्राचार गर्दै मृतक यादवलाई रु पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्र्ति दिने निर्णय गरिएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर