Aamsanchar

एनआईसी एसिया बैंकले बिर्तामोडको एक घर लिलामी गरेपछि दुर्गा प्रसाईँ नेतृत्व अभियानद्वारा कब्जा

Author Image
बुधवार, साउन २३, २०८१

झापा । एनआईसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कब्जा गरेको भन्दै ब्यानर टाँगेको छ ।

हिजो बिर्तामोड ५ स्थित शाक्य मेडिकलको सय मिटर उत्तरमा रहेको एक घर एनआईसी एसिया बैंकले लिलामी गरेको थियो । ३३ धुर जग्गामा बनेको अढाई तले घर बैंकमा राखेर घरधनीले ८ करोड २५ लाख रुपैयाँ ऋण लिएका थिए । सो ऋण नतिरेपछि भर्खरै बैंकले लिलामी गरेको हो ।

अभियानका ऋण एसोसिएसन केन्द्रीय सचिवालयका संयोजक देवीप्रसाद संग्रौलाको अगुवाईमा गएको समूहले नारा जुलुससहित अभियानको ब्यानर टाँगेको छ । केही दिनभित्र बिर्तामोडका करिव १५ वटा घर लिलामी हुन लागेको र ती घरहरू आफूहरूले कब्जा गर्ने सङ्ग्रौलाले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर