Aamsanchar

झापाका सुन चाँदी व्यवसायीसंघलाई प्रहरीले दुःख दिएको भनाई

Author Image
आइतवार, वैशाख १७, २०७४

बिर्तामोड।

Gold bars

नेपाल सुन चाँदी व्यवसायी संघ झापाले प्रहरीले पक्राउ गरेको सुन, चाँदी कानूनी प्रक्रिया पूरा गरी काठमाडौंबाट झापा ल्याएको दावी गरेको छ ।
सुनचाँदी व्यवसायी संघ झापाको सभाहलमा शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष राजु धमलाले व्यवसायीले झापा ल्याएको सुन, चाँदी वैध भएको र व्यवसायीलाई अनाहकमा दुःख दिन वील देखाउँदा–देखाउँदै पक्राउ गरेको बताए । सुन, चाँदी खरिदको कागजात दुरुस्त हुँदाहुँदै प्रहरीले सुन, चाँदीसहित व्यवसायीलाई हिरासतमा राख्नु प्रहरीको निन्दनीय कार्य हो– धमलाले भने ।
प्रहरीले शनिवार बिहान एक किलो सुनसहित तीन जनालाई झिलझिलेबाट पक्राउ गरेको थियो । यसअघि दुई जनालाई शुक्रवार एक सय केजी चाँदी सहित चन्द्रगढी विमानस्थलबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरु छुटिसकेका छन् ।
काठमाडौँको त्रिभुवन विमानस्थलबाट वैध रुपमा भद्रपुर ल्याइएको चाँदी पनि प्रहरीले अवैध भन्दै नियन्त्रणमा लिई दुई व्यवसायीलाई धरौटीमा रिहा ग¥यो– अध्यक्ष राजुले भने– ‘सुनसहित पक्राउ परेका व्यवसायीलाई पनि त्यसै गर्न खोज्दैछ ।’
प्रहरीले पूर्णिमा ज्वेलर्स बिर्तामोडका सञ्चालक वैद्यनाथ साह सोनारसहित कृष्ण सराफ र अरुणकुमार क्षेत्रीलाई सुनसहित पक्राउ गरेको थियो । उनीहरुले पूर्णिमा ज्वेलर्सका नाममा काठमाडौंस्थित कुमारी वैंकबाट सुन खरिद गरेर ल्याएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा प्रहरीले व्यवसायीलाई दुःख दिएको भन्दै प्रहरीको कार्यशैलीको बिरोध गरिएको थियो । उनीहरुले सामान खरिदको वील भौचर हुँदाहुँदै पनि व्यवसायीलाई सुनियोजित तवरले फसाउन खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)