Aamsanchar

खोँचमा खसेर एक सगरमाथा आरोहीको मृत्यु

Author Image
आइतवार, वैशाख १७, २०७४

सोलुुखुम्बु।

सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका स्वीस नागरिक ४१ वर्षीय उली स्टेकको खोंँचमा खसेर मृत्यु भएको छ ।
सगरमाथाको पहिलो शिविरमा आज उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । उद्धारकर्ताको टोलीले उहाँको शव हिउँले ढाकिएको खोँचबाट बाहिर निकालेका छन् । शव आजै हेलिकप्टरमार्फत राजधानी पठाइएको छ ।

विश्व हिमाल आरोहणको क्षेत्रमा ‘स्वीस मेसिन’को उपमा पाएका ४१ वर्षीय आरोही उली सगरमाथा आरोहण गरी सँगै गरेको ल्होत्से हुँदै फर्किने योजनामा थिए । यसलाई आरोहणको भाषामा ‘हर्नबाइन रुट’ भनिन्छ । हिजो पहिलो शिविर नजिकै अर्को पनि एउटा पुरानो शव भेटिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर