Aamsanchar

ने.आ.ज.मा.को क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

Author Image
सोमवार, वैशाख १८, २०७४

बिर्तामोड ।

नेपाल आदिवासी जनजाती महासंघ वडा समन्व्य परिषद २,३ र ४ नम्बर वडाको वडा स्तरीय नेतृत्व विकास तथा संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

झापाको बेलडांगी स्थित वडा कार्यलयमा वैशाख १५,१६ र १७ गतेसम्म सञ्चालन भएको तालिममा ४५ जनाको सहभागिता रहेको थियो ।

उपभोक्ता अध्यक्ष अर्जुनकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा संयुक्त वडा कार्यालयका सचिव भास्कर लुईटेल, नेपाल आदिवासी जनजाती महासंघका सल्लाहकार गणेशकुमार शाक्य, सचिव वीरेन मेचे, भीमकुमारी मगर, गंगा शाक्य, बीरबल राजवंशी, कमला राई, कृष्ण थेवे लगायतको आतिथ्य रहेको थियो ।
विर्तामोड नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्व्य परिषदको ब्यवस्थापन रहेको कार्यक्रमको आयोजना आदिवासी जनजाती लक्षित वर्ग उपभोक्ता समिति–२ ले गरेको सुन्दर लिम्बुले जानकारी दिए ।
तालिममा सहभागिहरुलाई ्रशिक्षक कृष्ण थेवेले प्रशिक्षण दिएकी थिइन् । यसैबीच बेलडाँगी ५,६ र ७ मा वैशाख १८ गतेबाट तीदिन तथा १,८ र ९ नम्बर वडामा वैशाख २१–२३ गते सम्म क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिने लिम्बुले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर