झापा । झापाको मेचीनगर नगरपालिका ३ स्थित दोकानडाँडा मा बुवाले प्रहार गरेको धारिलो हतियारको कारण छोरा घाईते भएका छन् ।
आज बेलुका स्थानीय वर्ष ५७ का पुण्यप्रसाद दाहालले आफ्नै छोरा अन्दाजी वर्ष ३० को डिल्लीराम दाहाललाई धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
खाना खाने विषयलाई लिएर विवाद हुदा बुवा पुण्य प्रसाद दाहालले एक्कासि धारिलो हतियारले ९दाउ० टाउकोको पछाडि भागमा प्रहार गर्दा छोरा घाईते भएका हुन ।
घाईते छोराको स्थानीय मेडिकल दोकानडाँडामा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।
धारिलो हतियार प्रहार गर्ने बुवालाई अस्थाई प्रहरी पोष्ट भृकुटीबाट खटिएको प्रहरी टोलीले धारिलो हतियार सहित नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 86