Aamsanchar

वैकल्पिक चिकित्सा शिविर सम्पन्न

Author Image
मङ्गलवार, वैशाख १९, २०७४

बिर्तामोड ।

मारवाडी सेवा समितिको सभाहलमा सञ्चालन भइरहेको वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ ।
शिविरबाट तीन सय जनाले सेवा लिएका छन् । मारवाडी सेवा समिति विर्तामोड, माडवारी महिला मञ्च बिर्तामोड , मारवाडी युवा मञ्च र मारवाडी कञ्या मञ्चको संयुक्त आयोजनामा भएको शिविर एक्युप्रेसर रिसर्च एण्ड ट्रिटमेन्ट इन्टिच्युट जोधापुर भरतको प्राविधिक सहयोग रहेको थियो । शिविर वैशाख ७ गतेबाट १२ दिन सम्म सञ्चालन भएको थियो ।
शिविर समापन समारोहमा वोल्ने सेवाग्राहीले शिविरबाट आफूहरुले स्वास्थ्य लाभ लिएको बताएका छन् । सेवाग्राही मध्ये लोकनाथ पौडेलले यस्ता शिविरले दीर्घ रोगीलाई पनि फाइदा पुगेको बताए ।
शिविर मूल आयोजक समतिको संयोजक भगवान दाश सिंगलको सभापतित्वमा भएको समारोहमा नेपाल राष्ट्रिय मारवाडी परिसदका सचिव उमेश डालमिया, चिकित्सक हेमन्त राठी, मारवाडी सेवा समिति विर्तामोडका अध्यक्ष सुरेश कुमार अग्रवाल, पत्रकार सुरेन्द्र भण्डारी, हिमाल खरेल, लगायतले बोलेका थिए ।

कार्यक्रममा मारवाडी सेवा समिति बिर्तामोडका पूर्व अध्यक्ष राजुशर्मा पारिक, संस्थापक अध्यक्ष वेदप्रकाश अग्रवाल, चिकित्सक सन्ध्या राठी, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानी, अग्रसेन भवनका अध्यक्ष शिवकुमार अग्रवाल लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा शिविर अवधिभर सेवा प्रदान गर्ने थेरापिस्ट त्रय लक्ष्मी नारयण स्वामी, अरविन कुमार आँचल र अविजित सिंगललाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन कञ्या मञ्चकी अध्यक्ष प्रियङ्का शर्माले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 199

प्रतिक्रिया (०)

सम्बन्धित खबर