Aamsanchar

रामचौक वनमा घिमिरे

Author Image
मङ्गलवार, वैशाख १९, २०७४

बिर्तामोड ।

रामचौक सामुदायिक वन समूहको अध्यक्षमा मोहन घिमिरे चयन भएका छन् ।

सामुदायिक बन समूहको साधारण सभाबाट उनी अध्यक्षमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा श्याम पोखरेल, र लक्ष्मी भट्टराई चयन भएका छन् । सचिवमा लीलाधर गौतम शान्तु सह सचिव किशोर भट्टराई, कोषाध्यक्षमा अनिता पौडेल चयन भएका छन् । समितिको सदस्यमा खगमाया धिताल, दीलकुमारी लिम्बू, भगिरथ लुइटेल, रमेश अधिकारी, र राजु गौतम चयन भएका छन् ।
साधारण सभाले टंक गौतमको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । समितिको सदस्यमा दीननाथ सिग्देल, प्रतिमान खड्का, लोकेन्द्र भट्टराई दामोदर न्यौपाने, कमल मिश्र र माधव आचार्य थयन भएका छन् ।
साधारण सभा टंक गौतमको अध्यक्षतामा भएको थियो । साधारण सभामा स्वागत समितिका उपाध्यक्ष कमल मिश्रले गरेका थिए भने सञ्चालन तारानिधि खनालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर