Aamsanchar

सुरुङ्गा जेसीजद्धारा विभिन्न ब्यक्तिलाई सम्मान

Author Image
मङ्गलवार, वैशाख १९, २०७४

सुरुङ्गा।

सुरुङ्गा जेसीजले मातातीर्थ औंसी र अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा फूलमाया सतार, पूर्णमाया राई, गुड्डी हेमरम, रानी मर्डी, सुकी हेमरम, मयाना सोरेन, लुखी मुर्मू, डुंगी, गायत्रा न्यौपाने, टेकबहादुर मगर, चुणा मर्डी, मनमाया सेञ्चुरी, रत्नबहादुर सेञ्चुरी, मुडी मुर्मू, सीता मुर्मू, फूलमनि बेस्रा, हपनमनि हस्दालाई लत्ताकपडा, खाद्यान्न तथा फलफूलसहित सम्मान गरिएको थियो ।
सुरुङ्गा जेसीजका अध्यक्ष जबिन तिम्सिनाको अध्यक्षता र नेपाल जेसीजका २०१७ का राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय महासचिव भरत प्रसाई, सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरिया, कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेल, सुकेडाँगी सामुदायिक वन समूहका उपाध्यक्ष कमल ढकाल, ज्येष्ठ नागरिक मञ्च कनकाई नगर समितिका अध्यक्ष पुण्यप्रसाद बाराकोटी, सुरुङ्गा जेसीजका मानार्थ सदस्य राजेन्द्रकुमार पोखरेल, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, महिला उद्यमी समूह कनकाई नगर समितिका अध्यक्ष अनिता मैनाली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा श्यामकुमार पौडेल, खेमनाथ मिश्र, तोयानाथ अधिकारी, भक्तबहादुर पौडेल, सूर्य गुरुङ्ग, श्रीप्रसाद बिमली, कविता बस्नेत, रोहित कोइराला, बालकृष्ण मैनाली लगायतको आतिथ्य रहेको थियो । सुरुङ्गा जेसीजकी महिला संयोजक पुष्पा कँडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सहकोषाध्यक्ष उषा उप्रेतीले आस्था वाचन गरेकी थिइन् । कार्यकारी उपाध्यक्ष रामप्रसाद निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कमल कट्टेलले गरेका थिए ।

Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर