Aamsanchar

चारलाख लुट्ने भारतीय पक्राउ

Author Image
बुधवार, वैशाख २०, २०७४

पर्सा।

बैंकबाट झिकिएको रु चार लाख लुट्ने एक भारतीय युवकलाई मङ्गलबार पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत आश्रमपुर गाउँ निवासी २० वर्षीय अमिर गवालालाई पक्राउ गरेको हो ।

बाराको कलैया उपमहानगरपालिका–१६ धर्मनगर निवासी जटाशङ्कर साहले दिउँसो सिटिजन्स बैंकको आप्mनो खाताबाट झिकेको रु चार लाखलाई गवालले खोसी भाग्न लाग्दा काममा खटिएको प्रहरी टोलीले रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

उहाँले घरायसी कामलाई रकम झिकी बैंकबाट निस्किन लागेका साहलाई धक्का हानी रकम लुटेर भाग्न खोज्दा प्रहरीले गवालालाई लखेटर पक्राउ गरेको बताउनुभयो ।

पक्राउ परेका भारतीय नागरिक गवालालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । भारतीय नागरिक गवालामाथि लुटपाट मुद्दा चलाउने तयारीमा प्रहरी रहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर