Aamsanchar

बुधबारेमा सरसफाई अभियान शुरु

Author Image
बुधवार, वैशाख २०, २०७४

बुधबारे।

‘आफ्नो गाउँ आफै सफा गरांै’ भन्ने नाराका साथ बुद्धशान्ति गाउँपालिका साविक बुधबारेमा सरसफाई अभियान शुरु भएको छ ।
बुधबारे बजारमा बढ्दै गएको फोहोरमैलाबाट लाग्ने रोगको संक्रमणको त्रासलाई मध्यनजर गर्दै बुधबारे बजार सरसफाई गरिएको हो । इलाका प्रहरी कार्यालय बुधबारे, सामुदायिक प्रहरी सेवा केन्द्र बुधबारे, तालिमरत् म्यादी प्रहरी बुधबारे, ट्राफिक प्रहरी बुधबारे, ज्येष्ठ नागरिक समिति बुधबारे, आदर्श युवा क्लब बुधबारे, राष्ट्रिय युवा समाज बुधबारे र दारी ग्याङ बुधबारेको संयुक्त आयोजनामा सरसफाई गरिएको दारी ग्याङका उमेश तिम्सिनाले जानकारी दिए ।
सामुदायिक प्रहरी सेवाकेन्द्र बुधबारेका अध्यक्ष मनोरथ तिवारीको नेतृत्वमा गरिएको कार्यक्रममा घरआँगन सफा राख्न बुधबारेबासीलाई आग्रह समेत गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१