Aamsanchar

कनकाई गट ट्यालेन्टमा १ सय २२ छनौट

Author Image
बुधवार, वैशाख २०, २०७४

सुरुङ्गा।

पवित्रा आर्ट फाउण्डेसन सुरुङ्गाद्वारा आयोजित कनकाई गट ट्यालेन्ट जुनियर २०७४ को अडिसनबाट १ सय २२ जना छनौट भएका छन् ।
कराते, भोकल, अभिनय र नृत्य सम्बन्धी रुचीको कला प्रस्तुत गर्न पाइने सो प्रतिष्पर्धामा सहभागी २ सय ३४ जनामध्ये पहिलो चरणमा १ सय २२ जना छानिएको फाउण्डेशनका निर्देशक अमन गुप्ताले जानकारी दिए ।
गत बैशाख ९ मा लक्ष्मीपुरमा सम्पन्न अडिसनमा ५२ जना सहभागी भएकोमा २५ जना, बैशाख ११ मा कामाटोलीमा सहभागी भएका ४२ जनामा २५ जना, बैशाख १४ मा शिवगञ्जमा भएको अडिसनमा ५९ जना सहभागीमा ३२ जना, बैशाख १६ मा सुरुङ्गामा भएको अडिसनमा ४० जना सहभागीमा २१ जना र बैशाख १८ मा दूधेमा भएको अडिसनमा ४१ जना सहभागीमा १९ जना छनौट भएको बताइएको छ ।
पहिलो चरणको अडिसनमा पवन ठटाल, सुशान्त लिम्बू, सञ्जय पाण्डे, समीर रम्तेल, माधव भेटवाल र राहुल सोनीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । दोस्रो, तेस्रो, चौथो र पाँचौ चरणको अडिसन पवित्रा आर्ट फाउण्डेसनको सुरुङ्गा डान्स सेन्टरमा हुने बताइएको छ । आगामी बैशाख २३ गते दोस्रो चरणको अडिसन हुने निर्देशक गुप्ताले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१