Aamsanchar

स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि झापाबासी हर्षित

Author Image
बुधवार, वैशाख २०, २०७४

बिर्तामोड।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले दुईसाता अघिबाट पञ्चकर्म, क्षारसूत्र, योग, प्याथोलोजी र फार्मेसी सेवा एकै साथ सञ्चालनमा ल्याएसँगै झापाबासी हर्षित बनेका छन् ।
कमै मात्रामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउन जाने झापाबासी अहिले स्वास्थ्य केन्द्रले यी सेवा सञ्चालनमा ल्याएसँगै दैनिक एक सयको हाराहारीमा सेवा लिन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज तीर्थराज आचार्यले बताए । यसअघि दैनिक मुस्किलले २० जनाले मात्र सेवा लिने गरेको बताइएको छ ।
झापासहित मेची अञ्चलका विरामीलाई मध्यनजन गर्दै सरकारी स्तरबाट आयुर्वेद स्वास्थ्य केन्द्रले यी सेवा नेपालमा नै पहिलो पटक सञ्चालनमा ल्याएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाका प्रमुख डा. केनिन राईले बताए ।
आयुर्वेद चिकित्सा पद्धतिबाट हुने उपचारमा सेवालाई थप प्रभावकारी बनाउन वैशाख ३ गतेबाट केन्द्रले यी सेवा प्रारम्भ गरेको बताइएको छ । आन्तरिक तथा अनुदानबाट संकलित १० लाखबाट उपचार सेवा शुरु गरेको डा. राईले बताए । यो उपाचार पद्धति जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा शुरु भएसँगै अब पायल्स, फिस्टुला, पिनास, आँखा, टाउको दुख्ने, मलद्वारामा मासु पलाएका विरामीको सहजै उपचार हुने भएको छ । अहिले स्वास्थ्य केन्द्रमा वढी पायल्स रोगी सेवा लिन आउने गरेको राईको भनाइ छ ।
पञ्चकर्म र क्षारयुत्र उपचार पद्धतिले शरीरको मल, मूत्र र रगत सम्बन्धीको उपचार गर्दा विरामीलाई कम खर्च लाग्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज तीर्थराज आचार्यले बताए । यस पद्धतिबाट उपचार गराउँदा ४० देखि ५० हजार खर्च हुने भएता पनि जिल्ला आयुर्वेदमा उपचार गराउँदा निःशुल्क हुने आचार्यले बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चन्द्रगढीबाट यो सेवा शुरु गरेसँगै झापासहित मेची अञ्चलका विरामीले अब आयुर्वेद उपचारका लागि सीमावर्ती भारतीय बजारमा रहेका आयुर्वेद पसल चहार्नु नपर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१