Aamsanchar

पर्यटकलाई आकर्षित पार्न इलाम रोङको गिद्धेभीरमा गिद्धको प्रतिमा

Author Image
आइतवार, भदौ २३, २०८१

रोङ । कृषि तथा पर्यटनले चिनिएको इलामको रोङ गाउँपालिकामा गिद्धको प्रतिमा बनाइएको छ ।
सोह्रौ अन्तरास्ट्रिय ‘गिद्द संरक्षण तथा सचेतना दिवस’ को अवसर पारेर करसोङ पदमार्गमा प्रतिमा अनावरण गरिएको हो ।

फाइबरद्वारा बनाइएको गिद्ध प्रभिमा निर्माण गर्न १ लाख ६० हजार खर्च भएको निर्माण समितिका अध्यक्ष प्रकाश राईले जानकारी जानकारी दिए । उनका अनुसार प्रतिमा राख्नका लागि मुडा बनाउन करिब १ लाख रुपैया खर्च भएको थियो । प्रतिमा निर्माणको लागि युएनडीपीले समेत लगानी गरेको बताइएको छ ।

गिद्ध संरक्षणको सन्देश दिनका लागि शालिक निर्माण गरिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिएका छन् । रोङ गाउपालिकाको करसोङ करिडोरमा गिद्धको वाससस्थान रहेको पहरो रहेको कारण गिद्धेपहरो (गिद्धेभीर) भनिने र हरेक बर्ष गिद्धको अध्ययन र अवलोकन गर्न धेरै पर्यटकहरु आउने गरेको उपाध्यक्ष विष्णुमाया खवासले आमसंचारलाई जनाकारी दिइन ।

गिद्धेपहरो मेची राजमार्गबाट करिब १ किलो ४ सय मिटर दुरीमा पर्दछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर