Aamsanchar

कुखुरालाई टर्की चरा बनाउँदै ठगे दुई भारतीयले

Author Image
बुधवार, वैशाख २०, २०७४

इलाम,

टर्की चरा भन्दै कुखुरा प्रजातिकै चल्ला बिक्री गर्दै हिँड्ने दुईजना भारतीय नागरिक इलाम सदरमुकामबाट पक्राउ परेका छन् । सशस्त्र प्रहरीको टोलिले जिरो किलोटिमरमा चेक गर्ने क्रममा चल्लासहित भारत कोलकत्ता घर बताउने दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

चल्ला र मान्छे पक्राउ गरेर जिल्ला पशुसेवा कार्यालयलाई खबर गरेपछि कार्यालयबाट पशु चिकित्सकसहित गएको टोलिले सोधपुछ गर्दा त्यो चल्ला कहाँबाट ल्याएको भन्ने बारेमै उनीहरुलाई थाहा नभएको र कुनैपनि कागजात साथमा नरहेको पाइएपछि बरामद गरीएका दुईसयवटा चल्ला नष्ट गरेको बताइएको छ ।

कुखुरा प्रजातिकै जस्तो देखिने उक्त चल्ला कुन जातको हो भन्ने बारेमा भने पुष्टि हुन नसकेको जिल्ला पशु सेवा कार्यालय इलामले जनाएको छ । उनीहरुले चल्ला प्रतिगोटा एकसय रुपैयाँमा बेच्दै हिँडेका थिए । उनीहरुलाई बिना कागजात चल्लाहरु आयात निर्यात नगर्न तथा बिक्री बितरण नगर्न लिखित प्रतिबद्धता गराएर छाडिएको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)