Aamsanchar

होटलका कुक शौचालयमा मृत भेटिए

Author Image
बुधवार, वैशाख २०, २०७४

तेह्रथुम,

तेह्रथुमको लालीगुराँस नगरपालिका-१, बसन्तपुर बजारस्थित याक होटलका कुक ४५ वर्षका कृष्ण राई होटलकै शौचालयमा मृत अवस्थामा भेटिएका छन् ।

लामो समयदेखि होटलमा कुक काम गर्दै आएका राई बुधबार शौचालयमा मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।

शौचालय गएको राई लामो समय सम्म नफर्कीएपछि ढोका फोरेर हेर्दा मृत अवस्थामा भेटिएका थिए । शव पोष्ट मार्टमका लागि वसन्तपुर स्थित प्राथमिक स्वास्थ्य चौकीमा लगिएको तर सामान नभएको भन्दै डाक्टरले पोष्टमार्टम गर्न नमानेपछि जिल्ला अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर