Aamsanchar

पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगी गरेको विषयमा आफूलाई जोड्न नहुने : कांग्रेस नेता गुरुङ  

Author Image
मङ्गलवार, भदौ २५, २०८१

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पुर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगि गरेको विषयमा आफुलाई जोड्न नहुने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि तत्काल छानबिन अगाडी बढाउन माग गर्दै आफ्नो २०७६ मै निज ज्योतिसँग डिभोर्स भएकाले यस प्रकरणमा आफुलाई जोड्नु गलत भएको बताएका हुन् ।

सांसद गुरुङले पुर्व श्रीमती ज्योतिसँग आफ्नो सम्बन्ध खराब भएकै कारणले डिभोर्स गरेको भन्दै नक्कली डिभोर्स भन्दै गरिएको टिप्पणी प्रमाणित गर्न चुनौती दिएका छन् ।

उनले आफुमाथि यसअघि लागेको आरोप पनि छानबिनपछि आरोप्मुक्त भएको बताउदै आफ्नो बारेमा छानबिन गरेर आफूमाथि लागेको आरोपलाई गलत साबित गरिदिन सभामुख र सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 11

प्रतिक्रिया (०)

सम्बन्धित खबर