काठमाडौँ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । बिहिबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उहाँले राजीनामा फिर्ता लिनुभएको हो ।
गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले भन्नुभयो “प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार हुनुुभएको हो” देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिनुभएको प्रेस संयोजक दाहालले बताउनुभयो ।
गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिनुभएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 120