Aamsanchar

संसद् बैठक स्थगित

Author Image
बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ ।

व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोगको प्रस्तावको विषयमा छलफल गर्ने कार्यसूची रहेको भए पनि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो ।

आज अपराह्न ३ बजेका लागि तय भएको बैठक शुक्रबार बिहान १० बजेका लागि तय गरिएको संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

संसद्को कार्यसूचीका विषयमा प्रमुख दलबीच सहमति हुन नसकेपछि सूचना टाँसेर बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महाअभियोगको प्रस्ताव फिर्ता लिन आग्रह गरेको तथा संविधान संशोधन प्रस्तावमा समेत सहमति नजुटेका कारण बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर